images
images

‘अलिबाबा ‘समूहका संस्थापक तथा कार्यकारी अध्यक्ष ज्याक मा नेपालमा

काठमाडौँ । अलिवालाका संस्थापक ज्याक्मा काठमाडौँ आइपुगेका छन् । विशेष विमानबाट भर्खरै ज्याक्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

हाल जापानमा बसिरहेका एसियाकै धनाढ्य व्यक्ति तथा चिनियाँ नागरिक ज्याक मा त्यहाँ बस्न अप्ठ्यारो भएपछि उनी ढाकाबाट नेपाल आएका हुन् । उनी सात जनाको टोलीसहित नेपाल आएको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ । ज्याक मा को खास नाम मा यूङ् हो ।

उनी सेप्टेम्बर १०, १९६४ मा झेजियांग प्रान्तको हांग्जोमा जन्मिएका हुन् । व्यावसायिक रूपमा उनी ज्याक मा को नामबाट प्रसिद्ध छन् । उनी अलिबाबा समूहका संस्थापक तथा कार्यकारी अध्यक्ष हुन् । उनी विश्वचर्चित पत्रिका फोर्ब्सको आवरण कथा छापिने पहिलो चिनियाँ उद्यमी पनि हुन् ।