images
images

सशस्त्रका १८ एसएसपीहरुको सरुवा

काठमाडौँ- सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरीक्षकहरुको सरुवा भएको छ। साधारणतर्फ १६ र प्राविधिकतर्फ २ जना वरिष्ठ प्रहरी उपरीक्षकहरुको सरुवा भएको हो।

सशस्त्र प्रहरी प्रवक्ता समेत रहेका एसएसपी राजेन्द्र खड्कालाई युएन तालिम शिक्षालय ककनीमा सरुवा गरिएको छ । रविनराज कर्णजितलाई पर्वतीय उद्दार तालिम शिक्षालय मनाङ्ग र सुधीरजंग थापालाई हुल तथा दंगा व्यवस्थाापन तालिम शिक्षालय लामापाटनमा पठाइएको छ।

त्यस्तै, सञ्चार तथा इन्जिनियरिङ तर्फका इन्जिनियर प्रमोदकुमार शाह तेलीलाई प्राविधिक तालिम शिक्षालय काठमाडौँ र इन्जिनियर नानीराम हुमागाईंलाई कार्य विभागमा सरुवा गरिएको छ ।

सशस्त्र प्रहरी बलले मंगलबार यसको सूचना सार्वजनिक गरेको हो।