images
images

अस्वीकृत हुने भएपछि नियुक्ति प्रक्रियाबाट बाहिरिन प्रस्तावित राजदूत भट्टराईले दिए निवेदन

काठमाडौं – श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफूलाई अस्वीकृत गर्ने भएपछि आफू नियुक्ति प्रक्रियाबाट बाहिरिएको भन्दै निवेदन दिएका छन्।

उनलाई अस्वीकृत गर्न दिउँसो ३ बजे सुनुवाइ समितिको बैठक बोलाइएको छ। तर, उनले भने आफू नियुक्ति प्रक्रियाबाट बाहिरिएको भन्दै निवेदन दिएका हुन्।

उनले आफ्नो कार्य व्यस्तताका कारण राजदूतको जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको निवेदनमा उल्लेख गरेका छन्। यसअघि निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई अस्वीकार गर्ने भएपछि नियुक्ति नखाने भन्दै निवेदन हालेका थिए।

यसअघि सोमबार संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने तयारी गरे पनि समितिका दुई-तिहाइ सदस्य अनुपस्थित भएपछि निर्णय रोकिएको थियो।