म त अस्ति पनि पक्राउ गर्छन् भनेर झोला लिएर आएको थिएँ, किन डराउँथे : रवि लामिछाने (भिडिओ)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो कुनै संलग्नता नभएको दाबी गर्दै छानबिनलाई सघाउन तयार भएको बताएका छन्।

मंगलबार साँझ फेसबुक लाइभमा आउँदै लामिछानेले सहकारी बचत रकम छानबिन गर्न गठित संसदीय समितिको प्रतिवेदन अनुसार
गोर्खा मिडियामा आफू रहँदा आएको रकमको जिम्मेवारी लिने बताए।

उनले भने, आफू जिम्मेवार रहेको बेला सहकारीबाट पैसा आएको छ भने त्यसको जिम्मेवारी लिनुपर्छ, त्यसको कानुनी कारबाहीको सिफारिस (समितिले) समेत गरेको छ। यो कुरालाई मैले बंग्याउन मिल्दैन । अगाडिको कुरालाई विपक्षी दलका नेताहरुले, विशेषगरी कांग्रेसका नेताहरुले, एमालेका नेताहरुले बंग्याउन मिल्दैन ।’

सहकारीको रकम ल्याउन रवि लामिछानेको संलग्नता छैन भन्ने समितिको प्रतिवेदनले प्रष्ट भनेको बताए।

उनले थपे, ‘तर आफू कार्यरत रहेको बेला आएको पैसा भएकाले त्यसको चाहिँ कानुनी कारबाहीको भागीदार हुनुपर्छ है भनेको कुरालाई हामीले नकार्न मिल्दैन ।’

विलाल जोशीलाई समातेपछि बयानमा केही निस्कियो भने आफूलाई समात्न सजिलो बनाउने रणनीतिले समातेको दाबबी गरेका छन्।

उनले भनेका छन्, ‘कानुनमा कहाँ सघाउनुपर्छ, म कहाँ बयान दिन आउनुपर्छ, म कहाँ उभिनुपर्छ या मलाई समातिनुपर्छ वा मलाई थुन्नुपर्छ, म तयार छु नि’, उनले भने, ‘म त अस्ति पनि झोला लिएर आएको थिएँ । किन डराउँथे र म ।’