सेवाग्राहीसँग घुस लिँदालिँदै कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पक्राउ

काठमाडौं – झापाको बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली घुस सहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ओली पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए। उनी कांग्रेसबाट निर्वाचित भएका हुन्।

ओलीलाई घुस दिने भारतीय नागरिक अमरनाथ चौहान समेत पक्राउ परेका छन्। सेवाग्राहीसँग घुस लिँदालिँदै वडाध्यक्ष ओलीलाई विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीका कार्यकर्ताले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको हो।