९ असोज, काठमाडौं – अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन सुरु हुनुभन्दा दुई दिनअघि उम्मेदवारी घोषणा गरेका उनले आफ्नो उम्मेदवारी संगठनलाई विधि र विधानमा हिडाउनका निम्ति भएको बताएका छन् ।
उनले विद्यार्थी आन्दोलनको पुनर्जीवनका लागि अखिल (क्रान्तिकारी) को पुनर्गठन आवश्यक रहेको उल्लेख गरेका छन् ।
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको उदघाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले १० असोजमा कीर्तिपुरमा गर्दैछन् ।
अखिल क्रान्तिकारीले निर्वाचनमार्फत् नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ । अध्यक्ष पदमा नरेश रेग्मी, दीपेश पुन, मदन भुल, मदन भट्टराई, केशव रावल, क्षितिज सापकोटा, प्रविणा अधिकारी, जीपी मैनाली लगायतले दाबी गरेका छन् ।