मन्दिरा न्यौपानेद्वारा अखिल क्रान्तिकारीको केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं ११ असाेज – अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनमा नुवाकोटकी मन्दिरा न्यौपानेले केन्द्रिय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । विद्यार्थी हकहित र शैक्षिक सुधारका मुद्दामा लामो समयदेखि सक्रिय रहँदै आएकी न्यौपानेले आगामी दिनमा विद्यार्थीका माग र हकहितलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउन प्रतिबद्धता व्यक्त गर्दै सम्मेलनका प्रतिनिधिहरूमा सहयोगको अपिल गरेकी हुन ।

विद्यार्थी जीवनमै अखिल क्रान्तिकारीकाे संगठनमा आबद्ध हुँदै उनले विभिन्न जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरेकी छन्।
बेलकोट माध्यमिक विद्यालय, नुवाकोटबाट आफ्नो शैक्षिक यात्रा सुरु गरेकी मन्दिराले ओजस्वी एकेडेमी, सामाखुसीबाट डिप्लोमा र बीरेन्द्र उच्च मावि, बेलकोटगढीबाट बी.एड.सम्मको अध्ययन गरेकी छन्।

अखिल (क्रान्तिकारी) बेलकोट मावि इकाई अध्यक्षबाट आफ्नो संगठनात्मक यात्रा सुरु गरेकी न्यौपाने, हाल अखिल (क्रान्तिकारी) बेलकोटगढी नगरपालिका अध्यक्ष र अखिल (क्रान्तिकारी) नुवाकोट जिल्ला सदस्यको भूमिकामा सक्रिय छन्।

उनले संगठनप्रतिको आफ्नो समर्पण र आगामी दिनमा विद्यार्थी आन्दोलनलाई अझ सशक्त बनाउने आफ्नो अठोटसहित सबै प्रतिनिधिहरूलाई समर्थनका लागि अनुरोध गरेकी छन्।