केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

काठमाडौं– गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । बैठक बिहान साढे १० बजे गृहमन्त्रालयमा बस्नेगरी बोलाइएको छ ।

दुई दिनदेखिको अवरिल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएपछि राहत तथा उद्धार व्यवस्थापन तथा थप कार्ययोजना तय गर्न गृहमन्त्री लेखकले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

सुरक्षा समितिको बैठकमा चार वटै सुरक्षा निकायका प्रमुखहरु सहभागी हुनेछन् ।

मन्त्री लेखकले निरन्तरको वर्षाका कारण देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या हुनुका साथै जनधनको क्षति हुने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न सबैलाई आग्रह गरेको सचिवालयले भनेको छ ।