हाल सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

काठमाडौँ – विपद्लाई मध्यनजर गर्दै सरकारले हाल सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज दिउँसो बसेको आपतकालीन समन्वयात्मक बैठकले जारी वर्षाका कारण भएको क्षतिको प्रारम्भिक मूल्यांकन गर्दै परीक्षा रोक्ने निर्णय गरेको हो।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आजको बैठकले सञ्चालन भइरहेका परीक्षा स्थगित गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।

रोकिएका परीक्षा कहिले गर्ने भन्ने सूचना परिस्थिति हेरेर पछि आउने जनाइएको छ।