जनताको सुरक्षामा गम्भीर बन्न सरकारलाई प्रचण्डको ध्यानाकर्षण

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको जिउधनको सुरक्षामा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन्।

अविरल बर्षापछिको बाढी पहिरोमा पीडितलाई तत्काल उद्दार र रातहको काम थाल्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘अविरल वर्षाका कारण देशभर हुन गएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु। जनताको जिउँधनको रक्षाप्रति गम्भीर बन्न नेपाल सरकारको ध्यानाकर्षण गराउदै तत्काल उद्दार र राहतको योजनाबद्ध काम थाल्न पनि आग्रह गर्दछु’, उनले भने।

पार्टीका सबै तह र निकायलाई जनतासँग हातेमालो गर्दै उद्धार र राहतको कार्यमा सहभागी बन्न उनले निर्देशन दिएका छन्।

‘पार्टीका सबै तह र निकायलाई दुखको यस घडीमा जनतासँग हातेमालो गर्दै उद्धार र राहतको कार्यमा सहभागी बन्न निर्देशित गर्दछु’, उनको भनाइ छ।

तीन दिनदेखि अविरल वर्षापछिको बाढी, पहिरो, चट्याङका कारण देशभर ६२ जनाको मृत्यु  भएको छ भने ३६ जना घाइते भएका छन्। ४३ जना बेपत्ता भएको नेपाल प्रहरीले जानकारी दिएको छ। एक हजार ४५६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।