images
images

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चार जनालाई जिल्ला सरकारी वकिल कार्यालय लगियो

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थपका लागि जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौं लगिएको छ ।

बुधवार नेपाल प्रहरीले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थपका लागि जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौं लगेको हो । व्यवसायी मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाहलगायतलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पुर्‍याएको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात किर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ । सरकारी लिखित कीर्तेको विषय भएकाले कानूनी प्रक्रिया अरु मुद्दा सरह नै चल्ने सरकारी वकील कार्यालय, काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताउनु भयो । उहाँले अनुसन्धानको क्रममा कसुरदार देखिएमा हिरासतमा राख्ने बताउनु भयो ।

अनुसन्धानको सिलसिलामा भाटभटेनी डिपार्टमेण्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह, मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम सिआईबीको हिरासतमा छन् ।