प्रधानमन्त्री ओली बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। अमेरिका भ्रमणबाट आज दिउँसो चार बजे आइपुग्ने भएकाले ५ बजेका लागि बैठक बोलाएका हुन्।

आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रिहरुसँग जानकारी लिनेछन्।  सरकारले बाढी पहिरोबाट मृत्यु भएका परिवार र घाइतेलाई राहत उपलब्ध गराउनेबारे पनि निर्णय हुनसक्ने सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।

प्रधानमन्त्री ओली गत असोज चार गते संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली न्युयोर्क गएका थिए। ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए।