नुवाकोटको बाटो लमजुङ हिँडेको माइक्राेबस भिरबाट खस्यो

काठमाडौँबाट नुवाकोट हुँदै गल्छीको बाटो लमजुङतर्फ जाँदै गरेको हायस गाडी सोमबार नुवाकोटको पूर्वी भेगमा रहको शिवपुरीमा दुर्घटनामा पर्दा चालकसहित ११ जना घाइते भएका छन्।

घाइतेहरुमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। काठमाडौँ टोखा–छहरे–गँगटे सडक खण्डको बीचमा रहेको शिवपुरी गाउँपालिका ७ अदुवारवारी घुम्तीमा उक्त हायस माइक्रोबस  सडकबाट १ सय ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको नुवाकोट प्रहरीले जानकारी दिएको हो।

उक्त ग१ख ४५३५ नम्बरको यात्रुबाहक माइक्रोबस सोमबार शिवपुरीको भिरबाट खसेर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरुलाई उपचारका लागि काठमाडौँ लगिएको छ।

स्थानीयले दुर्घटनालगत्तै घाइतेहरुको उद्धार गरेका थिए।