११ दिनपछि प्रधानमन्त्री स्वदेश फर्किए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।

असोज ४ गते अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री ओली ११ दिनपछि स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री ओली सोमबार अपराह्न साढे ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएका हुन् ।

प्रधानमन्त्री ओलीले अमेरिकामा संयुक्त राष्ट्रसङ्घको महासभा सम्बोधन गरेका थिए भने अन्य कार्यक्रममा समेत सरिक भएका थिए ।