ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट

काठमाडौं – ग्लोबल आइएमई बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने भएका छन्। छुटसम्बन्धी समझदारीमा बैंकका नायब महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रूपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरे।

समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट कार्डवाहक एवं बैंकको मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउनेछन्।

बैंकका ग्राहक तथा ग्राहकका परिवार सदस्यहरूले बुद्ध एयरको काउन्टरबाट यो छुट पाउनेछन्। साथै, सम्पूर्ण आन्तरिक विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरबाट टिकट लिएपश्चात् बैंकको ग्लोबल स्मार्ट प्लसमार्फत क्यूआर कोर्ड स्क्यान गरी भुक्तानी गर्दा वा बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहक वा ग्राहकका परिवार सदस्यहरूले छुट पाउनेछन्।