विपद्‌बारे सरकार जति गम्भीर हुनुपर्ने हो, त्यति भएन- ‘प्रचण्ड’

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार गम्भीर नभएको बताएका छन् ।

मङ्गलबार बाढीपीडित क्षेत्र अवलोकनमा निस्केका प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, “विपद्‌बारे सरकार जति गम्भीर हुनुपर्ने हो, त्यति भएन । सरकारले तदारुकता देखाओस् । योबीचमा सरकार जति देखिनुपर्ने हो, त्यति गम्भीर देखिएन ।”