सिप्रदियनद्वारा काठमाडौँ उपत्यकाका १५ प्रमुख स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

काठमाडाैँ- टाटा मोटर्सको नेपाल स्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले काठमाडौँ उपत्यकाका १५ प्रमुख स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेकाे छ।

सिप्रदी ट्रेडिङ्ग र सिप्रदियन सहायता संस्थाद्वारा काठमाडौं महानगर, महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा उपत्यका का १५ प्रमुख स्थानहरुमा यात्रु सहायता कक्षको व्यवस्था गरिएकाे हो। 

कम्पनीले यात्रुको हितलाई ध्यानमा राख्दै सहायता कक्षको व्यवस्था गरेकाे जनाएकाे छ।

काठमाडौंमा बल्खु, नयाँ-बसपार्क, गौशाला, चापागाउँ, हल्चोक, चाबहिल, जावलाखेल, बाफल, कलङ्की, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा,  नागढुंगा, जडीबुटी र जगातीमा यात्रु सहायता कक्ष राखिएको छ। 

विगतका वर्षभन्दा यो वर्ष यात्रुको सङ्ख्या अधिक बढ्ने देखिएको छ। त्यसैले यात्रुहरूलाई टिकट बुकिङका क्रममा विभिन्न समस्याहरू र अन्योल नपरोस् भनी यो सेवा दिइएको बताइएको छ। 

उपभोक्ता संघ तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो गुनासो महंगो टिकट मूल्य, टिकट नपाउनेसँग सम्बन्धित हुने भएकाले त्यसलाई न्यूनिकरण गर्ने उद्देश्यले विभिन्न रुटमा लागू हुने भाडा नै उल्लेख गरेर सहायता कक्ष निर्माण गरिएको बताइएको छ।

यात्रु आवतजावतको क्रममा सर्वसाधारण यात्रीलाई सुरक्षा सम्बन्धी सुसूचित गर्नका लागि यात्रु सहायता कक्षले मनिटरिङ गर्ने छ।