images
images

आर्थिक बर्षको बजेट बहुमतले पारित

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि प्रस्तुत गरेको बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा मत विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको हो । मत विभाजनमा सहभागी २५५ सांसदमध्ये बजेटको पक्षमा १४७ मत र विपक्षमा मत १०८ मत परेको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादीले बजेटको पक्षमा मतदान गरेका छन् भने एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा,जनमत पार्टीले भने विपक्षमा मतादान गरेका छन् ।

गत जेठ १५ गते सरकारले आगामी आर्थिक बर्षका लागि १७ खर्ब, ५१ अर्ब ३१ करोडको बजेट संसदमा प्रस्तुत गरेको थियो ।