images
images

रवि लामिछानेविरुद्धको रिट खारेज

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

लामिछानेले राहदानी दुरुपयोग गरेको लगायतका विषय उठान गर्दै गत जेठ १० गते युवराज सफलले उनी प्रतिनिधि सभा सदस्य बन्न अयोग्य रहेको दाबीसहित रिट दायर गरेका थिए ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासले उक्त रिट खारेज गरेको हो ।