काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
बैठक शुक्रबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जानकारी दिए ।
“साँझ ५ बजे बैठक बोलाइएको छ,” मन्त्री दाहालले भने ।
बैठकले बाढी, पहिरो तथा डुबानबाट प्रभावितहरूको आवासबारे निर्णय गर्ने मन्त्री दाहालले बताए ।