images
images

कालोपत्रे सडकमा घण्टीको चित्र (चिह्न) बनाएकामा रास्वपाले माग्यो माफी [विज्ञप्ति सहित ]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको भरतपुर महानगरपालिका-२६ को कालोपत्रे सडकमा समर्थकले घण्टीको चित्र (चिह्न) बनाएकामा माफी मागेको छ ।

बुधबार एक विज्ञप्ति जारी गरी महामन्त्री डा. मुकुल ढकालले सार्वजनिक सडकमा पार्टीको चुनाव चिह्न बनाउँदा परेको असरप्रति क्षमा मागेका हुन् । ‘‘हाम्रो पार्टीको चिह्न सडकमा बनेबाट पर्न गएको असुविधाका लागि क्षमायाचना गर्दछौँ,’ उनले भनेका छन् ।

रास्वपाका कार्यकर्ताले पार्टीको वार्षिक उत्सवको अवसर पारेर केही दिनअघि भरतपुर महानगरपालिका-२६ को सडकमा पेन्टिङ गरेर घण्टी चिह्न बनाएका थिए । महानगरपालिकाले सडक कुरूप बनाएको भन्दै त्यसलाई मेटाएको थियो ।

रास्वपाले देशका अन्य स्थानमा पनि रास्वपाका समर्थकले सार्वजनिक सम्पदामा चुनाव चिह्न बनाएकोप्रति ध्यानाकर्षण भएको भन्दै त्यसो नगर्न आग्रह गरेको छ ।