images

काठमाडौँ महानगरका मेयर बालेन लेख्छन्ः ‘हिन्दुराष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ’

काठमाडौँ , ३० असोज – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिन्दुराष्ट्र संविधानमा नभएर स्वाभिमानमा हुनुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमा बुधबार साँझ लेख्दै उनले कवितात्मक शैलीमा ‘हिन्दुराष्ट्र संविधानमा हैन स्वाभिमानमा चाहिन्छ’ उल्लेख गरेका छन्।

गाउँ मासेर शहरको काम छैन भन्दै कविताको शैलीमा उनले लेखेका छन्,

गाउँ मासेर बनेको शहरको के काम ?

आफ्नो ठाउँ नै नरहे पछि,

नाउँ बेचेर बनेको रहरको के काम ?

आफ्नो भाउ नै नभए पछि,

मलाई बुद्ध बोलीमा हैन,

ज्ञानमा चाहिन्छ ।

हिन्दु राष्ट्र संविधानमा हैन,

स्वाभिमानमा चाहिन्छ ।