images

सडकबाट सय मिटर तल खस्यो अटो, चार घाइते

बैतडी – महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार  गाउँपालिका ३ श्रीकोट खोचलेक नजिक अटो दुर्घटना हुँदा चारजना घाइते भएका छन्।

सिल्लेगडाबाट खिरेगाउँ जाँदै गरेको सुप प्र ०१-००१ ह ६०७० नम्बरको अटो आज मध्यान्ह १२ बजे क्वालिटी मोडमा दुर्घटनामा परेको हो। दुर्घटनामा एक गर्भवतीसहित ४ जना घाइते भएका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए।

घाइते हुनेहरूमा घाइते दोगडाकेदार गाउँपालिका  २  कि २५ पार्वती जोशी, सोही ठाउँकि ४५ वर्षीया बसन्ती जोशी, अटो साहुसमेत रहेका २५ वर्षीय  राजेन्द्र भाट,

पुर्चौडी नगरपालिका ९  का २० वर्षीय हिरा सार्की रहेका छन्। घाइतेमध्ये पार्वतीको अवस्था गम्भीर रहेको छ।  पार्वती गर्भवतीसमेत रहेकी र चेकजाँचको लागि श्रीकोट स्वास्थ्यचौकी जान अटो चढेको खुल्न  आएको छ।

अटो दुर्घटनालगत्तै खोचलेक प्रहरी चौकीका इञ्चार्ज सुरेश बोहरा नेतृत्वको प्रहरी टोली र स्थानीयले घटनास्थलबाट घाइतेहरूको उद्घार गरेको हो। घाइते सबैलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको  छ। अटो चालक दार्चुला शैल्यशिखर ९  का २२ वर्षीय उमेश साउदलाई प्रहरीले  नियन्त्रणमा लिएको छ।

दुर्घटनाग्रस्त अटो सडकबाट १०० मिटर तल खसेको छ। अटो आफैँ अनियन्त्रित भएको दुर्घटना भएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।