images

रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

सहकारी ठगीका विषयमा छानविन गर्न गठित संसदीय समितिले रविमाथि कारवाही सिफारिस गरेको थियो । सहकारीबाट रकम रविले ल्याएको नभए पनि कम्पनीमा आएपछि खर्च गरेकोमा उनलाई दोषि ठहर्याइएको छ ।

आज कास्की प्रहरी प्रमुख आफैं रविलाई पक्राउ पूर्जि लिन जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए । अदालतमा उपलब्ध एक मात्र न्यायाधीस कृष्णजंग साहले पक्राउका लागि अनुमति दिएका हुन् ।