images

छविलाल जोशीमाथि तेस्रो पटक म्याद थप

पोखरा – सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशीमाथी अनुसन्धान गर्न २० दिन जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

गत असोज ६ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले जोशीलाई काठमाडौंबाट पक्राउ गरी जहाजमार्फत पोखरा ल्याएको थियो । अदालतले असोज ७ गते पहिलोपटक ५ दिनको म्याद थप गरेको थियो ।

त्यसपछि पुनः ७ दिनको म्याद थप गरेको थियो । बिचमा दशै बिदामा अदालत बन्द भएपछि आज तेस्रो पटक म्याद थप गरिएको हो । १७ गतेदेखि लागू हुने गरी २० दिन म्याद थप गरिएको हो ।