images

नेपाल टेलिकमको सह-प्रवक्तामा नविन कुमार मिश्र नियुक्त

काठमाडौँ – नेपाल टेलिकमको सह-प्रवक्तामा नविन कुमार मिश्र नियुक्त भएका छन्।

टेलिकमले शुक्रबार एक सूचना जारी गर्दै उप प्रबन्धक मिश्रलाई सह प्रवक्ता तोकिएको जानकारी दिएको छ।

मिश्र यसअघि केन्द्रीय कार्यालयस्थित व्यावसायिक अधिकृतको कार्यालयमा उप प्रबन्धक थिए।

हाल टेलिकमको प्रवक्तामा हरि ढकाल छन्।