images

लामिछानेविरुद्ध संगठित अपराधमा पनि अनुसन्धान हुने, ६० दिन थुनामा राख्न सकिने कानुनी व्यवस्था

काठमाडौँ – शुक्रबार साँझ पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध संगठित अपराधमा पनि अनुसन्धान हुने भएको छ।

शुक्रबार कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उनीमाथि सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान हुने भएको हो।

संगठित अपराधमा पक्राउ परेका जोकीहीलाई ६० दिन थुनामा राखेर अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था छ।

लामिछानेलाई पनि ६० दिन थुनामा राखेर अनुसन्धान गर्न सकिने बताइएको छ।

सङ्गठित अपराध निवारण ऐन २०७० को दफा १४ ले दिएको अधिकारले लामिछानेलाई ६० दिन थुनामा राखेर अनुसन्धान गर्ने संभावना रहेको प्रहरी अधिकारीहरू बताउँछन्।

सहकारी ठगीमा मात्रै अनुसन्धान गर्दा २४ दिनसम्म मात्रै थुनामा राख्न सकिने भए पनि सङ्गठित अपराधमा अनुसन्धान गर्दा थुन्ने अवधि बढ्ने देखिएको हो।