images

प्रधानन्यायाधीश राउतको अठोटः न्यायपालिकालाई लयमा फर्काउनेछु

काठमाडौँ – प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकालाई लयमा फर्काउने कामलाई अझै प्रभावकारी र समृद्ध रुपमा अघि बढाउने बताएका छन्।

सोमबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीहरुसँगको सामूहिक भेटमा उनले आफूसँग निष्ठा र निष्कलंक छवि भएका न्यायाधीशहरु रहेको दाबी गर्दै उनीहरुको जोडबलमा न्यायपालिकालाई लयमा फर्काउने कामलाई अझ प्रभावकारी ढंगले अघि बढाउने अठोट र संकल्प लिइएको पनि बताए।

अदालतभित्र अप्ठ्यारोहरु, असहज परिस्थितिहरु रहेको उल्लेख गर्दै उनले त्यसलाई सल्ट्याउने दायित्व पूरा गर्ने उल्लेख गरे। प्रधानन्यायाधीश राउतले न्यायालयमा देखिएको चुनौती हटाउने काममा आफूहरुले सञ्चारकर्मीहरुबाट साथ र सहयोगको अपेक्षा गरेको पनि बताए।

उनले भने, ‘म के भन्न चाहन्छु भने कि हाम्रो देश सानो छ। जताततै चुनौती छ। राज्यको चौथो अंगमा पनि चुनौती देखिन्छ। हाम्रा अड्डा अदालतमा पनि निकै छन्। यताको म नैतिक जिम्मेवारी लिन तयार छु। तपाईंहरुले मलाई सुझाउनुस्, यो अदालतभित्रको जे जति अप्ठ्याराहरु, असहज परिस्थितिहरु छन्, यसलाई मैले सल्टयाउने नै हो। त्यसको मैले नैतिक जिम्मेवारी लिने पनि हो। र मैले तपाईंहरुलाई फेरि पनि दोहोर्‍याएर भन्छु– हामीसँग निष्ठा छ। र निष्कलंक छवि भएका न्यायाधीशहरु छन्। त्यसको जोड र बलमा न्यायपालिकाले जसरी अहिलेसम्म आफ्नो एउटा हैसियत लयमा फर्काउने जो आफ्नो हैसियत प्रदर्शन गरेको छ।’