images
images

कोशी प्रदेश:माओवादीले विश्वासको मतको विपक्षमा मतदान गर्ने:आफ्नै नेतृत्वमा सरकार गठन गर्ने

विराटनगर । कोशी प्रदेश माओवादी संसदीय दलको बैठक सकिएको छ । बैठकले मुख्यमन्त्री हिकमतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्न निर्णय गरेको छ ।

कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन् । कार्कीले विश्वासको मत माग्दै कोशी प्रदेशसभामा सहभागी सबै दललाई पत्र पठाएका छन् । नेकपा एमाले संसदीय दलको तर्फबाट पत्र लेख्दै उनले प्रदेश संरचनाको स्थायित्व, सुशासन र नागरिकको अपेक्षा पूरा गर्नका लागि र पटकपटक सरकार परिवर्तनको खेलले नागरिकमा निराशा उत्पन्न हुने बताएका छन् ।