images
images

पाकिस्तान गए चिनियाँ अर्बपति ज्याक मा

काठमाडौं : चिनियाँ अर्बपति ज्याक मा फर्किएका छन्। मंगलबार बंगलादेशबाट विमान चार्टर्ड गरेर काठमाडौं आएका उनी आज फर्किएका हुन्।

नीजि विमानमा आएका ज्याक माका साथमा ५ जना चिनियाँ, १ जना अमेरिकी र १ जना डेनिस नागरिक थिए। उनीहरु नीजि विमानमार्फ पाकिस्तानको लाहोर प्रस्थान गरेका छन्।

विश्व विख्यात ‘अलिबाबा ग्रुप’का संस्थापकसमेत रहेका ज्याक मा दुई वर्षअघि  ‘गायब’ भएको चर्चा सञ्चारमाध्यममा छाएको थियो। दुई महिना बढी सार्वजनिकरूपमा देखा नपरेपछि उनी गायब भएको चर्चा संसारभरि छाएको थियो। चीन सरकारले उनलाई नजरबन्दमा राखेको चर्चा पनि चलेको थियो।

लामो समयको अन्तरालपछि उनी सार्वजनिक कार्यक्रममा देखा परेका थिए। उनी सार्वजनिक भएसँगै अलिबाबाको सेयरसमेत उकालो लागेको थियो।

ज्याक मा अलिबाबाबाहेक ‘ज्याक मा फाउन्डेसन’पनि चलाउँदै आएका छन्। उनले यही फाउन्डेशनमार्फत् ग्रामीण क्षेत्रमा देखा परेका समस्याहरूको उजागर गर्दै आएका छन्।