images

जनता र राष्ट्रको सुरक्षामा बिना विवाद काम गर्ने प्रयास गरिरहेको छु: रक्षामन्त्री राई

काठमाडौं,  ६ कार्तिक – रक्षामन्त्री मानवीर राईले आफूहरूको पहिलो काम नेपाली जनता र राष्ट्रको सुरक्षा भएको बताएका छन् ।

मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् ।

“मुलुकको रक्षा, नेपाली जनताको सुरक्षा, राष्ट्रको संरक्षण नै हाम्रो पहिलो काम हो । अहिलेको संविधान, नियम, कानूनका आधारमा यी गतिविधिहरू हामीले अगाडि बढाइरहेका छौँ,” उनले भने ।
उनले बिना विवाद काम गर्ने प्रयास गरिरहेको बताएका छन् । “संविधानको अधीनमा रहेर विवादमा नपर्नेगरी काम गर्ने प्रयास गरिरहेका छौँ,” उनले भने ।