images

सत्तारुढ दलको बैठक बालुवाटारमा

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी अहिले ९ बजेका लागि बैठक बोलाएका हुन्।  बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।

बैठकमा सरकारका कामकारबाही तथा समसामयिक राजनीतिक विषयमाथि छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले आज दिउँसो सरकारको १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दैछन् । सत्तारुढ दलकै नेताहरू सरकारको कामकारबाहीबारे सन्तुष्ट नभएका बेला प्रधानमन्त्री ओलीले सबै दललाई छलफलका लागि डाकेका हुन् ।