images
images

कोसी प्रदेशमा तटस्थ बस्ने जसपाको निर्णय;बैठक सुरु, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले कोसी प्रदेशमा विश्वासको मतको पक्ष वा विपक्षमा मतदान नगर्ने निर्णय गरेको छ ।प्रदेश कमिटीको आज बसेको बैठकले मुख्यमन्त्री हिक्मत कार्कीको पक्ष वा विपक्षमा मतदान नगर्ने निर्णय नगरेको बताइएको छ ।

पार्टीका कोसी प्रदेश अध्यक्ष दिपक याख्याको अध्यक्षतामा बसेको बैठकले मत नदिने निर्णय गरी सोहीअनुरूप आफ्नो सांसद निर्मला लिम्बूलाई निर्देशन दिएको हो ।

सत्तासीन नेकपा (एमाले) र गठबन्धनका नेपाली काँग्रेस तथा नेकपा (माओवादी केन्द्र) कोसी नामाङ्कनको विषयमा एकै ठाउँमा रहेकोले पक्ष र पक्षमा मत नदिने निर्णय भएको एक नेताले जानकारी दिए ।

कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले आजको प्रदेश सभाको बैठकमा विश्वासको मत लिँदैछन् ।