images
images

डाक्टरलाई डाक्टरले नै दिए पिट्ने धम्की!धम्की दिने डाक्टरलाई कारबाहीको माग

काठमाडौं- कान्ति बाल अस्पतालका एक डाक्टरले अस्पतालकै अर्का डाक्टरलाई कारबाहीको माग गर्दै अस्पताल निर्देशक र विकास समिति समक्ष निवेदन दिएका छन्।

कान्ति अस्पतालमा कार्यरत डा राकेश घिसिङले अस्पतालमा नै कार्यरत अर्का डाक्टर टेकेन्द्र चौलागाईंले आफूलाई पिट्ने धम्की दिएको भन्दै कारबाहीको माग गर्दै निवेदन दिएका हुन्। डा घिसिङले डा चौलागाईंले कान्तिमा डाक्टर हुँदाहुँदै अन्यत्र बिरामी रेफर गर्ने गरेको र उक्त विषयमा आफूले जिज्ञासा राख्दा पिट्ने धम्की दिएको भन्दै कारबाहीको माग गर्दै निवेदन दिएका हुन्।

घिसिङले हालेको निवेदनमा डा चौलागाईंले अस्पतालमा बाल दन्त रोग चिकित्सक हुँदाहुँदै परामर्श नै नगरी बिरामीलाई अन्यत्र पठाएको र उक्त विषयमा प्रश्न उठाउँदा पिट्ने धम्की दिएको उल्लेख छ।

‘डा टेकेन्द्रज्यूले पल्पेक्टोमी उपचार गराउन आएका बिरामीलाई प्यासेन्ट इन अन्को अप्रेटिभ भन्दै रेफर टू हायर सेन्टर भनी पठाउनुभएको थियो। यस अस्पतालको डेन्टल विभागमा बाल दन्तरोग चिकित्सक हुँदाहुँदै उहाँलाई परामर्श नगराईकन बिरामीलाई अन्यत्र रेफर गर्नु भनेको यस अस्पतालप्रतिको घात हो’ निवेदनमा भनिएको छ, ‘यही विषयलाई मैले प्रमाणसहित विभाग प्रमुख डा सोनी सुवेदी मार्फत डा टेकेन्द्रलाई शालिन ढंगले प्रश्न राख्दा उहाँले मलाई गुण्डागर्दीशैलीमा तलाईं पिट्छु भनी अभद्र व्यवहार देखाउनु भयो।’

डा घिसिङले धम्की दिने डा चौलागाईंलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्। स्वास्थ्य खबरपत्रिका

 

हेरौं पत्र 

धम्की दिने डाक्टरलाई कारबाहीको माग गर्दै प्रशासनमा निवेदन

kanti dr letter.jpg