images

कोटेश्वरबाट लगेर बन्धक बनाइएकी महिलाको ललितपुरको चाल्नाखेलबाट उद्धार

काठमाडौं, ८ कार्तिक – काठमाडौंको कोटेश्वरबाट लगेर ललितपुरको चाल्नाखेलमा बन्धक बनाइएकी महिलाको उद्धार गरिएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, ललितपुरको संयुक्त टोलीले ती महिलालाई उद्धार गरेको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लिएको १६ लाख रुपैयाँ फिर्ता नदिएको भन्दै उनलाई बन्धक बनाएको प्रारम्भिक जाँचमा देखिएको छ ।

प्रहरीले यसमा संलग्न एक व्यक्तिलाई पनि पक्राउ गरेको छ।