images

बैंकिङ प्रणालीको निक्षेप संकलन घट्दै, कर्जा प्रवाह बढ्न थालेको हो ?

काठमाडाैँ – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलन ४ अर्बले घटेको छ । नेपाल राष्ट्र बैंकको कात्तिक ५ गते सोमबारको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३३ अर्ब निक्षेप संकलन भएको छ।

कात्तिक ४ गते आइतबार भने बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३७ अर्ब निक्षेप संकलन भएको थियो । यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि ३ अर्बले घटेको देखिएको छ । कात्तिक ४ गते ५९ खर्ब २ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकले ५ गते ५८ खर्ब ९९ अर्ब रुपैयाँ रकम बराबरको निक्षेप संकलन गरेका छन् ।

सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा झिनो सुधार देखिएको । कात्तिक ४ गते ५२ खर्ब ६९ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले ५ गते ५२ खर्ब ७० अर्ब कर्जा प्रवाह गरेका छन् । त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाहमा पनि १ अर्बले बढेको छ । गत कात्तिक ४ गते ४६ खर्ब ६३ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले ५ गते ४६ खर्ब ६४ अर्ब बराबरको कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । साथै, राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो ७८.११ प्रतिशत कायम भएको देखाएको छ ।