images

छविलाल जोशी पनि थप सात दिन हिरासतमा रहने

काठमाडौं, ८ कार्तिक – सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

जोशी गत असोज ६ मा पक्राउ परेका थिए । उनीमाथि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको छ ।
अदालतले रास्वपा सभापति रवि लामिछानेलाई पनि थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।