काठमाडौं, ९ कार्तिक – मन्त्रिपरिषद्को हिजो बसेको बैठकले गरेका १२ निर्णय आज सार्वजनिक गरिएको छ ।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनबीच उक्त निर्णय सार्वजनिक गरेका हुन् ।
क्याविनेटको निर्णयहरूमध्ये पाँचथरको फालेलुङ गाउँपालिका-५ मा केही महिनाअघि सकेट बम विस्फोटमा ज्यान गुमाएका दिप्सन साँवा र प्रिन्सा साँवाको परिवारलाई बढीमा ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराइने भएको छ ।