images
images

एमाले सचिव योगेश भट्टराईलाई इलाममा आक्रमण प्रयास;कालो झण्डा प्रदर्शन

इलाम । इलाममा नेकपा एमालेका सचिव योगेश भट्टराईलाई आक्रमणको प्रयास भइकाे छ। पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले भट्टराईलाई आक्रमण प्रयास गरेका हुन् ।

प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले भट्टराईलाई इलाममा कालो झण्डाले स्वागत गरेको बताए । भट्टराई ७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आजको लोकतन्त्र, उपलब्धि र चुनौती विषयक अन्तरसंवादमा भाग लिन इलाम पुगेका थिए ।

उक्त कार्यक्रममा कांग्रेस नेता गुरुराज घिमिरे र भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेकाे थियो ।  भट्टराईलाई आक्रमण गर्ने प्रयास गरेका पहिचान पक्षधर कार्यकर्तालाई सशस्त्र प्रहरीले रोक्ने प्रयास गरेको थियो । यद्यपि भट्टराई चढेको गाडीलाई रोक्दै उनीहरुले पहिचान विरोधी होसियार भन्दै कालो झण्डा प्रदर्शन गरेका थिए ।