images
images

के–के छन् प्रचण्ड सरकारका ६ महिने उपलब्धि? (पूर्णपाठ)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकारले ६ महिनामा ९६ प्रतिशत जनतामा विद्युतको पहुँच पुर्‍याएको उपलब्धि देखाएका छन्।

पुस १० गते दाहालको नेतृत्वमा सरकार गठन भएको थियो। सरकारको यो अवधि उपलब्धिपूर्ण भएको दाबी प्रधानमन्त्रीको सचिवालयले गरेको छ। प्रधानमन्त्री दाहालको सचिवालयले सरकारको ६ महिनाको उपलब्धि सार्वजनिक गर्दै ७७ उपलब्धि सार्वजनिक गरेको छ।

सरकारले यो अवधिमा सुशासनका लागि काम गरेको दाबी गरेको छ। मिटरव्याजी पीडितहरूको समस्या समाधान गर्न सरकारले कानुन संशोधन गर्दै उजुरी आह्वान गरेको कुरालाई दाहाल सरकारले महत्वपूर्ण उपलब्धिका रुपमा प्रस्तुत गरेको छ। मिटरब्याजीविरुद्ध हालसम्म २३ हजार ११८ उजुरीमाथि कारबाही भइरहेको सरकारले जनाएको छ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको विषयलाई पनि सरकारले आफ्नो उपलब्धिका रुपमा प्रस्तुत गरेको छ। यो अवधिमा आयोगमा ११ हजार ३७३ उजुरी दर्ता भएको छ।

पुस १० मा सरकार बनेयताको उपलब्धी सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले थप २.४१ प्रतिशत जनतामा विद्युतको पहुँच विस्तार गरेको बताएका छन्।

सूचना महामार्ग निर्माण कार्यअन्तर्गत हालसम्म १२,२३८ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न भएको उपलब्धिमा उल्लेख छ।

७३९ स्थानीय तहमा फोजी सेवा विस्तार भई ६६ प्रतिशत जनतामा पहुँच पुगेको र इन्टरनेट ग्राहकको घनत्व १३२.७६ प्रतिशत पुगेको उनले बताएका छन्।

कागजरहित सरकारको अवधारणा कार्यान्वयन गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा ६० निकाय आबद्ध भएको र हालसम्म २८ निकायमा उक्त प्रणाली सञ्चालनमा आएको उनको भनाइ छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको उपलब्धीमा बताएका प्रचण्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू नियमित गर्नेसम्बन्धी कार्ययोजना तयार गरिएको बताएका छन्।

‘४०८ मेगावाट विद्युत उत्पादन क्षमता वृद्धि  भई हालसम्म जडित विद्युत २६७८ मेगावाट पुगेको। विद्युतमा पहुँच पुग्ने जनसंख्या ९३.५९ प्रतिशतबाट  वृद्धि भई ९६ प्रतिशत पुगेको छ,’ सरकारको उपलब्धि विवरणमा भनिएको छ,‘नेपाल र भारतबीच दश वर्षमा दश हजार मेगावाट विद्युत निर्यात गर्नेगरी दीर्घकालीन विद्युत व्यापार सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको छ। फुकोट कर्णाली ४८० मेगावाट र तल्लो अरूण ६६९ मेगावाट निर्माण गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको। बुटवल–गोरखपुर प्रसारण लाइन (४०० केभी) को शिलान्यास कार्य सम्पन्न भएको छ।’

यस्तो छ सरकारले सार्वजनिक गरेको आफ्नो उपलब्धि विवरणः