काठमाडौं, १२ कार्तिक – काठमाडौंबाट भारतको नयाँदिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम राखेको अज्ञात समूहले सूचना दिएपछि चेकजाँच सुरु भएको छ ।
दिल्ली उडान गर्न लागेको एयर इन्डियाको जहाजमा भारतबाट अज्ञात समूहले बम राखेको सूचना दिएको हो । विमानमा बमको हल्ला भएपछि सुरक्षा निकायले चेकजाँच गरिहेको विमानस्थल प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए ।
सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको जहाजमा बम रहेको हल्लापछि नेपाल प्रहरी, नेपाली सेनाले सुरक्षा जाँच गरिरहेको निरौलाले जनाए ।
यसअघि गएको कात्तिक ६ गते पनि भारतको नयाँदिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरको जहाजमा बम राखेको हल्लापछि खानतलासी गरिएको थियो ।