काठमाडौं -जनमत पार्टीको केन्द्रीय सदस्य तथा विधार्थी जनमत संघका केन्द्रीय सह-संयोजक सुमन कुमार यादवसहित दर्जनौं युवा, विधार्थी नेता जनमत पार्टी परित्याग गरि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा) मा फर्किएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले एक कार्यक्रमका बीच आईतबार जनकपुर स्थित प्रादेशिक कार्यालय जनकपुरधाम मा जनमत पार्टीका केन्द्रीय सदस्य तथा पार्टी निटक विद्यार्थी जनमत संघका केन्द्रीय सह–संयोजक यादव लगायत दर्जनौ विद्यार्थी नेताहरुलाई टिका तथा माला लगाएर पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा लोसपा, नेपालका प्रवक्ता अभाषलाल कर्ण, लोकतान्त्रिक विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रोशन मिश्र, महासचिव सम्मर साह, लोसपा नेपालका मधेश प्रदेशका अध्यक्ष त्रिदेव मिश्र लगायत अग्रज नेताहरुको उपस्थिति रहेको थियो । नेता यादव लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निटक लोकतान्त्रिक विद्यार्थी संघका पूर्व उपत्यक्ष अध्यक्ष थिए । हाल उनी दर्जनौ विद्यार्थी नेता सहित जनमत पार्टी परित्याग गरी पुरानै पाटी लोसपा नेपालमा फर्किएका हुन् ।
पार्टी प्रवेश गर्दै नेता यादवले आईतबारकै मिति देखि आफूले जनमत पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा समेत गरेका थिए ।
‘म सुमन कुमार यादव जनमत पार्टी निकट विधार्थी जनमत संघको केन्द्रीय सह-संयोजक र जनमत पार्टी केन्द्रीय सदस्य भई कार्य गर्दै आएका थिए।आज पुर्णरुपले म जनमत पार्टिबाट साधारण सदस्य नरहने गरि पार्टी परित्याग गरेको घोषणा गर्दछु साथ साथै सम्पूर्णमा जानकारि गराउदै छु। मलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ,सहयोग र अशिर्वाद दिनुहुने सम्पूर्ण मेरा अग्रज नेता,दाजुभाई,दिदिवहिनी तथा ईष्ट-मित्रहरुमा हृदय देखि धन्यवाद व्यक्त गर्दैछु र हजुरहरु प्रति सधैं अभारि रहनेछु। विगतका दिन जस्तै भोलिका दिनमा पनि हजुरहरुको साथ,सहयोग र आशिर्वाद म माथी रहिरहनेछ भने आशा र विश्वास गर्दछु,’ यादवले उल्लेख गरेका छन् ।