काठमाडौं, १४ कार्तिक – संसदीय सुनुवाइ समितिले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन गरेको छ ।
बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले उनलाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो ।
उनीउपर आज संसदीय सुनुवाइ भएको थियो । समितिको बैठकमा लम्सालले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।
यससँगै उनलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने बाटो खुलेको छ ।