images

सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड बनाउदैं, के छ कारण ?

काठमाडाैँ, १४ कार्तिक – पछिल्लो समय सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड  बनाइरहेकाे छ ।  साताको बुधबार आइपुग्दा अघिल्लो दिन मंगलबारकाे  ‘रेकर्ड ब्रेक’ गर्दै नयाँ उचाईमा पुगेको छ । सुनको मूल्य अचाक्लि बढेपछि उपभोक्ताहरु यतिबेला नयाँ सुन किन्न नसक्ने अबस्थामा पुगेको सुन व्यवसायीहरू बताउँछन् । बुधबारसम्म आइपुग्दा सुनको मूल्य करिब १ लाख ७० हजार ७०० पुगेको छ । अघिल्लो दिन उक्त सुनको मूल्य १ लाख ६८ हजार रुपैयाँ प्रतितोला काराेबार भएकाे थियाे ।  कार्तिक १ देखि बुधबारसम्म आइपुग्दा  १४ दिनको अन्तरालमा सुनको मूल्य तोलमै ८ हजार तीन सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । कार्तिक १ गते तोलामा सुनको मूल्य १ लाख ६२ हजार ४०० रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले पछिल्लो समय नेपालमा सुनको मूल्य बढ्नुको पछाडी रुस र युक्रेन युद्ध, इरान इजरायलबीचको द्धन्द र नै कारण रहेको बताए । उनले भने,‘ सुनको मूल्य बढ्नुमा नेपालको कुनै हातहुँदैन,अन्तर्राष्ट्रिय बजारमै बढेर आएपछि यहाँ स्वत बढ्छ ।’ यतिबेला सुनको भाउ अन्तर्राष्ट्रिय बजारमै उच्च दरले बढेपछि नेपालमा प्रभाव परेको हो । ‘दशैं, तिहार वा यहाँका अरु चाडपर्वसँग सुनको कुनै सम्बन्ध हुँदैन, अन्तर्राष्ट्रिय बजारमै भाउ बढेपछि यहाँ बढेको हो’ नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले भने ।

अन्तर्राष्ट्रिय बजारमा भने यतिबेला मूल्य बढ्नुको मुख्य कारण अमेरिकाको घट्दो ब्याजदरले माग बढाउनु हो । सुनको भाउ बढ्नुमा बारम्बार एकपछि अर्को अन्तर्राष्ट्रिय कारण निम्तिरहेको शाक्य बताउँछन् । युक्रेनमाथि रुसको हमला र त्यसपछिको अन्तर्राष्ट्रिय द्वन्द्व, इरान र इजरायल द्वन्द्व, अमेरिका सहित विश्वका धेरै देशको अर्थतन्त्र शिथिल हुनु लगायत कारण सुनको भाउ बढ्दै उनको भनाई छ । पछिल्लो समय विश्वका  केन्द्रीय बैंकहरूले सुन भण्डारण बढाउँदा  छन्, अर्काेतर्फ अहिले अमेरिकाले ब्याजदर घटाउँदा फेरि लगानी पनि सुनतिरै मोडिएको देखिएको छ जसले सुनको मूल्य ह्वातै बढाएको शाक्यले बताए ।

अहिले बजारमा उपभाेक्ताले नयाँ सुन किनेर लगाउनेभन्दा पनि पूराना सुनलाइ परिवर्तन गरेर  लगाउने गरेकाे उनकाे भनाइ छ । उनले भने,‘ नयाँ सुन किन्न सक्ने अबस्था छैन, सुन आयातकाे दर पनि घटेकाे छ, पूराना सुन बेच्नृेकाे चाप पनि छैन्, किनकि सुन अझै बढ्छ भन्ने अपेक्षा सबैमा छ, यति गएमा सुनकाे मूल्य अझै बढ्न सक्छ ।’