images

रविलाई म्याद थप्न भोलि अदालत उपस्थित गराइँदै

काठमाडौं, १९ कार्तिक सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासभापति रवि लामिछानेलाई भोलि सोमबार म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै छ ।

बुधबार बेलुका नै रविको बयान सकिएको भएपनि बिदा भएका कारण सोमबार अदालतमा उपस्थित गराइने भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ ।सहकारी ठगीसम्बन्धीमा प्रहरीले लामिछानेलाई पार्टी कार्यालय चमतीबाट पक्राउ  गरेको थियो । हिरासतमा भएकाले उनले यो पटक भाइटीका लगाउन नपाएको रास्वपा नेता दीपक बोहोराको भनाइ छ । 

बोहोराका अनुसार रविलाई शुभेच्छुक र दुई जना दिदीहरूले फोटोमै टिका लगाएका छन् । उनी हिरासत रहँदा विभिन्न पुस्तकहरूको अध्ययन  गरिरहेको रास्वपा नेताहरूको भनाइ छ । 

रविको बयान सकिएपछि उनीसँग जोडिएका अन्य व्यक्तिहरूको विषयमा पनि प्रहरीले अध्ययन अनुसन्धान गरिरहेको छ ।