images

ग्लोबल आइएमई बैंकको बुक क्लोज मंसिर ९ गते

काठमाडौं, २१ कार्तिक – ग्लोबल आइएमई बैंक लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले साधारणसभा र बोनस वितरणका लागि आगामी मंसिर ९ गते आइतबार बुक क्लोजको मिति तय गरेको हो ।

बैंकले १८औँ वार्षिक साधारणसभा मंसिर २७ गते बिहीबार १० बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बस्ने भएको छ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०८०–०८१ को वितरणयोग्य मुनाफाबाट शेयर धनीलाई चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्नेछ ।उक्त बोनस शेयर मंसिर ६ गतेसम्म कायम रहेका शेयर धनीले मात्र पाउने छन् ।

कम्पनीले मंसिर ९ गते बुक क्लोज तोकेको छ । मंसिर ७ गते शुक्रबार र ८ गते शनिबार परेकाले उक्त दिन शेयर कारोबार नहुने भएकाले मंसिर ६ गते शेयर खरिद गर्नेले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित बोनस पाउने छन् ।