छठका माध्यमबाट एकताको सन्देश प्रवाह हुने

गण्डकी, २२ कार्तिक – गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्टले छठपर्व प्राकृतिक ऊर्जा र भक्तिभावको संयोग झल्काउने राष्ट्रिय चाड भएको बताउनुुभएको छ ।

छठका अवसरमा आज जारी गर्नुभएको शुुभकामना सन्देशमा उहाँले यो पर्वका माध्यमबाट देशको धर्म, संस्कृति र परम्पराको लाई प्रवद्र्धन बल पुगेको उल्लेख गर्नुभएको छ ।

“छठ पर्वले आपसी सद्भाव, र एकताको सन्देश फैलाएको छ”, सन्देशमा उहाँले भन्नुुभएको छ । सूर्य र छठी माताको पूजा यो पर्वको विशेषता हो ।

विधिपूर्वक व्रत सम्पन्न गरेमा वान्छित. फल प्राप्त हुने, परिवारको कल्याणका साथै मानव जीवनका सबै दुःखकष्ट हट्ने जनविश्वास छ । रासस