रास्वपाले सार्वजनिक गर्याे उम्मेदवार छान्न प्रारम्भिक निर्वाचन तालिका

काठमाडौँ , २२ कार्तिक – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि उम्मेदवारको टुंगो ‘प्राइमरी इलेक्ससन’ (प्रारम्भिक निर्वाचन) मार्फत गर्ने भएको छ ।

समितिका संयोजक गणेश पराजुलीले स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न प्रारम्भिक निर्वाचन गर्ने प्रारम्भिक निर्वाचन तालिका सार्वजनिक गरेको बताए ।

त्यसका लागि कात्तिक २२ देखि २५ गते दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम राखेर नामावली प्रकाशन, दाबी विरोधलगायतको प्रक्रिया पूरा गरेर कात्तिक २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ ।

यस्तै उम्मेदवारको टुंगो लगाउन कात्तिक २८ गते मतदान भएर अन्तिम नतिजा कात्तिक २९ गते दिउँसो १ बजे प्रकाशित गरिनेछ ।