काठमाडौं, २३ कार्तिक – ग्लोबल आइएमई बैंकका ग्राहकहरुले यती एयरलाइन्सको टिकट खरिद गर्दा निश्चित रकम नगद फिर्ता (क्यासब्याक) पाउने भएका छन्।
उक्त क्यासब्याक अफर योजनाअनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले यती एयरलाइन्सको हवाई टिकटको खरिदमा निश्चित पाँच सय क्यासब्याक पाउनेछन्।
बैंकका ग्राहकहरु तथा ग्राहक परिवारका सदस्यहरुले ग्लोबल स्मार्ट प्रोमो कोड प्रयोग गरी पाँच सय क्यासब्याक पाउने छन्। ग्राहकहरुले यो प्रोमो कोड ३ पटकसम्म प्रयोग गर्न सक्नेछन्। यो क्यासब्याक योजना नोभेम्बर २९ सम्म रहने छ।
ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ।