images
images

महानगर प्रहरीको जम्बो टोली बालुवाटारमा;ललिता निवासको जग्गा घेराबारा गर्न

काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गा घेराबाराको प्रक्रिया सुरू गरेको छ ।

राजु पाण्डे नेतृत्वको डेढ सयभन्दा बढीको महानगर प्रहरीको टोली बालुवाटार पुगेका छन् । ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरू गरेको पाण्डेले बताए । अहिले त्यहाँ राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिइएको छ ।

अहिले ललिता निवासको जग्गा यकीन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ।

पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास प्रकरणमा संलग्नलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। त्यहिबीच महानगरले उक्त क्षेत्रमा तारबार लगाउन लागेको हो।